Mon. Apr 29th, 2024

किम जङ-अनः अमेरिकासँग ‘वार्ता र मुठभेड’ दुवैका लागि उत्तर कोरियाली नेताको तयारी

काठमाडौं, २०७८ असार ४ गते शुक्रबार । उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशले संयुक्त राज्य अमेरिकासँग “वार्ता र मुठभेड” दुवैका लागि तयारी गर्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

उहाँले विशेषतः आफूहरू “मुठभेडको अवस्थाका लागि पूर्ण रूपमा तयार भएर बस्नुपर्ने” बताउनु भएको छ। किम जङ-अनले राष्ट्रपति जो बाइडनको प्रशासनबारे प्रत्यक्ष टिप्पणी गरेको यो पहिलो पटक हो।

उत्तर कोरियाले यसअघि नयाँ अमेरिकी सरकारले कूटनीतिक संवाद गर्न खोजेको प्रयासलाई बेवास्ता गरेको थियो। सर्वोच्च नेता किम जङ-अनले प्योङ्‌याङमा देशका वरिष्ठ नेताहरूलाई सम्बोधन गर्दै वार्ता र भिडन्तका कुरा गर्नुभएको हो ।

सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानी प्योङ्‌याङमा यसै हप्ता आरम्भ भएको थियो। बिबिसी

Facebook Comments