Sat. May 4th, 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेल विश्वासको मत पाउन सफल

काठमाडौं, २०७८ असार ४ गते शुक्रबार । नेकपा को फुटलाई राम्रैसँग उपयोग गर्न सिपालु गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मतादानमा उहाँले ३१ मत प्राप्त गर्नुभएको हो ।

उहाँले शुक्रबार ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिएका हुन् ।

सत्ता साझेदार दल नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाउनुभयो । अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो ।

Facebook Comments