Mon. Apr 29th, 2024

पुरानो शीतयुद्धको विचारधारा त्याग्न चीनद्वारा अमेरिकालाई ताकिता

- चीन-अमेरिका सम्बन्ध

काठमाडौं, २०७८ जेठ २८ गते शुक्रबार । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले १० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा पुरानो शीतयुद्धको विचारधारालाई त्यागेर निष्पक्ष र उचित रूपमा चीनको विकासको व्यवहार गरी एशिया प्रशान्त क्षेत्रीय शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीनले अमेरिकालाई ताकिता गरेको कुरा बताउनुभएको छ।

प्राप्त जानकारी अनुसार, अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्री लोइद ज.ओस्टिनले ९ तारिख एउटा आदेश दिँदै चीनबाट आउने चुनौतीको सामना गर्न सरकारलाई सहयोग गर्नका लागि अमेरिकी सेना र सैन्य शक्तिको विकासलाई शिघ्र पार्ने आग्रह गर्नुभएको छ ।

उक्त विषयबारे चर्चा गर्दै प्रवक्ता वाङले तथाकथित चीनबाट आउने चुनौतीको सामना गर्ने भनाइका पछाडि अमेरिकाले अत्यधिक प्रभुत्व र सुरक्षा पाउन र चीनको नियन्त्रण गर्न खोजेको षड्यन्त्र लुकेको कुरा औंल्याउनुभएको छ। सीआरआई

Facebook Comments