Tue. Apr 30th, 2024

बेलायतले दश करोडभन्दा बढी खोप अनुदान दिने

- कोरोना खोप

काठमाडौं, २०७८ जेठ २८ गते शुक्रबार । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उहाँको देशले गरिब देशहरूलाई आगामी केही साताबाट खोपहरू उपलब्ध गराउन थाल्ने बताउनु भएको छ ।

धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उहाँले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण गरिने बताउनु भयो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई आधा अर्ब फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

बेलायतले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गरिने जनाएको छ। बिबिसी

Facebook Comments