Fri. Apr 26th, 2024

चीनको अन्तरिक्ष स्टेशनमा ३ जना चिनियाँ अन्तरिक्ष यात्री जाने

काठमाडौं, २०७८ जेठ २८ गते शुक्रबार । चिनियाँ मानवसहित अन्तरिक्ष परियोजना कार्यालयका अनुसार जुन ९ तारिख चीनको शन चौ नामक नम्बर १२ मानवसहित अन्तरिक्ष उडान मेशिन र छाङ चङ् नामक परिवहन रकेटका प्रबन्धहरू चीनको च्यु छ्यान उपग्रह प्रक्षेपण केन्द्रमा तयार गरिएको छ। हालसम्म सो केन्द्रको प्रबन्धको अवस्था राम्रो देखिन्छ र आउने केही दिनसम्म योजना बमोजिम प्रक्षेपण अघिका परिक्षण तथा तयारी कार्य भइरहेको जनाइएको छ।

प्राप्त समाचारमा जनाइएअनुसार यस पटक शन चौ नामक मानव सहित अन्तरिक्ष उडान मेशिनले ३ जना चिनियाँ अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष स्टेशनमा पठाउने भएको साथै यी ३ जना अन्तरिक्ष यात्री कामको लागि “थान ह”नामक मुख्य केबिनमा ३ महिनासम्म बस्ने बताइएको छ। सीआरआई

Facebook Comments