Fri. Sep 20th, 2024

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीद्वारा ४ सय ३० जनाको कैद मिनाहा

काठमाडौं, २०७८ जेठ १४ गते शुक्रबार । चौधौं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा ४ सय ३० जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको छ ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिनुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments