Fri. May 3rd, 2024

अरनिको राजमार्ग पुनः निर्माणकै क्रममा छ: प्रधानमन्त्री ओली

काठमाडौं, २०७८ जेठ १४ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चीनको तिब्बतसँग जोड्ने पहिलो राजमार्ग तथा नेपाल र चीनबीचको व्यापारिक कारोबार गर्ने छोटो दूरिको ऐतिहासिक अरनिको राजमार्ग पुनःनिर्माणकै क्रममा रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा चाईना मिडिया ग्रुपका पत्रकारले सो राजमार्गको अवस्था दिनप्रतिदिन विग्रदै गएकोमा सरकारको के दृष्टिकोण छ भनि सोधिएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले सन् २०१५सालको विनाशकारी महाभूकम्पले नराम्ररी प्रभावित भएको सो राजमार्ग पुननिर्माणकै क्रममा रहेको बताउनु भयो ।

“अरनिको राजमार्गलाई सन् २०१५ सालको विनाशकारी महाभूकम्पले नराम्ररी प्रभावित पार्यो, भत्कायो जसले गर्दा बाटो लामो समयसम्म सुचारु गर्न सकिएन । अहिले पछि सुचारु गर्दा पनि त्यो नयाँ निर्माण गरिएको बाटो होइन, त्यसलाई स्तरोन्नतरी गर्नुपर्ने छ ।” प्रधानमन्त्रीले भन्नुभयो ।

चीन सरकार र नेपाल सरकारकाबीचमा त्यसलाई स्तरोन्नतरी गर्ने भन्ने कुरामा सहमती भैसकेको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोभिडको कारणले त्यसलाई स्तरोन्नती गर्न समस्या भएको हो । उहाँले भन्नुभयो, कोभिड महामारीको कारण जनशक्ति, औजार आदि इत्यादिको प्रयोग गर्न अहिले सहज छैन । अहिले चीन सरकारले पनि विकास निर्माणका कामहरुमा प्रयाप्त जनशक्ति पठाउने र खटाउने कामहरुमा कमी गरेको छ । ती कारणहरुले गर्दाखेरी अहिले अलिकति विलम्व भएको हो ।” प्रधानमन्त्री ओलीले पुनःजोडदिँदै भन्नुभयो, “हामी पुनःनर्माण र स्तरोन्नतीका कामहरु अघि बढाईरहेका छौं । त्यो बाटो पुननिर्माणकै क्रममा छ । त्यसको स्तरोन्नती गर्नुपर्नेछ तर अहिलेको परिस्थितीले गर्दा विलम्व भएको हो ।”

अरनिको राजमार्ग नेपाललाई चीनको तिब्बतसँग जोड्ने पहिलो राजमार्ग हो । चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामाकरण गरिएको हो ।

काठमाडौंदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म सो राजमार्गको कुल लम्बाइ ११४ किलोमिटर रहेकोमा तातोपानीदेखि धुलिखेलसम्मको कुल लम्बाइ ८४ किलोमिटर रहेको छ ।

Facebook Comments