Fri. Sep 20th, 2024

कोरोनाको आफ्नै भ्यासिन सार्वजनिक गर्ने तयारीमा पाकिस्तान

काठमाडौं, २०७८ जेठ ११ गते मंगलबार । चीन सरकारको सहयोगमा पाकिस्तानले कोरोना भाइरसका लागि आफ्नै भ्यासिन निर्माण गरेको छ । अघिल्लो महिना इस्लामाबादमा चीनबाट ल्याइएको कच्चा पदार्थको प्रयोग गरि पाकिस्तानले ‘पाक भ्याक’ नाम गरेको कोरोनाको भ्यासिन तयार गरेको हो ।

चीनको क्यान सिनो बायोटेक कम्पनीको सहयोगमा बनाइएको ‘पाक भ्याक’ को १ लाख २४ हजार डोज तयार भएको नेसनल इन्ष्टिच्युट अफ हेल्थ(एनआइएच), पाकिस्तानले जनाएको छ ।

तयार भएको सो भ्यासिनको पहिलो डोज यहि महिनाको अन्तिमसम्ममा नागरिकहरुको पँहुचमा पुग्ने बताइएको छ । राष्ट्रिय स्वास्थ्य सेवा, नियम र समन्वयमा प्रधानमन्त्रीको विशेष सहायक फैजल शुल्तानले एनआइएचलाई कोरोना भाइरसको भ्यासिन बनाउन सफल भएकोमा बधाई दिनुभयो । उहाँले विभिन्न चरणका कठोर आन्तरिक परीक्षणबाट भ्यासिन पास भएकोमा खुसी व्यक्त गर्नुभयो ।

एनआइएचले गत अप्रिलमा नै कोरोनाका लागि क्यानसिनो वायोको भ्यासिन निर्माण मे महिनाबाट सुरु गर्ने जनाएको थियो । मे महिनाको सुरुवातमा नै भ्यासिनका लागि चाहिने कच्चा पदार्थ पाकिस्तान आएसँगै एनआइएचले भ्यासिन उत्पादन कार्य यथासिघ्र सुरु गरेको थियो । द नेसन अनलाईन

Facebook Comments