Mon. Apr 29th, 2024

पुँजी बजारमा महिला सहभागिता बढाउन घण्टी बजाउने कार्यक्रम

काठमाडौं, २०७७ चैत १३ गते शुक्रबार पुँजी बजारमा महिला सहभागिता वृद्धिका चेतना जगाउन लैंगिक समानता लागि घण्टी बजाउने कार्यक्रम आयोजना गरिएको छ । विश्व बैक समूह अन्र्तगतको अन्र्तराष्ट्रिय वित्त निगम (आईएफसी) र विश्व एक्सचेन्जसँग आवद्ध नेपाल स्टक एक्सचेन्जले युए ओमेनको आह्वानमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बिहीबार पहिलोपटक नेपालमा यस्तो कार्यक्रम आयोजना गरेको हो । कोभिडको कारणले विश्वमा कोडिडको कारणले ५४ प्रतिशत समग्र रुपमा रोजगारी गुमाएको अवश्थामा पनि महिलाको पुँजी बजारमा सहभागिताले दिगो निजी क्षेत्रको विकासमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आईएफसीले जानकारी दिएको छ ।

कार्यक्रममा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पहिलोपटक लैंगिक समानताका लागि घण्टी बजाउने कार्यक्रममा आईएफसी र युएन ग्लोबल कम्प्याक्ट नेपालसँग साझेदारी गर्न पाएकोमा खुशी भएको बताउनु भयो । ‘विश्वभरिका एक भन्दा बढी स्टक एक्सचेन्जको साथ लैंगिक समानताका लागि आयोजित कार्यक्रममा सहभागी लिन पाउँदा उत्साहित छौ, यसले हाम्रो श्रम शक्ति, अर्थतन्त्र र पुँजी बजारमा महिला सहभागिता मात्र बढाउँदैन, आर्थिक रुपमा पनि बलियो बनाउँछ,’ उहाँले भन्नु भयो ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले दिनु भएको जानकारी अनुसार, हाल सेयर बजारमा भएका कुल डिम्याट खातामध्ये महिलाको खाता ४२ प्रतिशत, कुल मेरो शेयर खातामा करिब ४५ प्रतिशत र र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत महिलाको खाता छ । यस तथ्यांकले पुँजी बजारमा ४० प्रतिशत मात्र सहभागिता देखाएको छ । अध्यक्ष ढुंगानाले नेपालको पूँजी बजारमा रहेका विभिन्न निकायहरूमा महिलाको सहभागिता अभिवृद्धि तथा समानता कायमका लागि यस कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताउनु भयो ।

आईएफसीले गरेको हालै गरेको एक अध्ययनले कर्पोरेट क्षेत्रमा महिलाको सहभागिता एकदम न्यून छ । ऊर्जा क्षेत्रका १३२ बोर्ड सदस्यमध्ये ९ प्रतिशत मात्र महिला छन् । ‘महिला सहभागिता वृद्धिका लागि आईएफसीले महिलाको अग्रसरमा अघि बढेका १८ ऊर्जा कम्पनीमा लैंगिक असन्तुलन हटाउन सहयोग गरिरहेको छ,’ आईएफसीका लागि आवासीय प्रतिनीधि बाबाकार एस फायेले भन्नु भयो, ‘नेपालमा कर्पोरेट बोर्डहरुमा महिला सहभागिता बढाउन अझ धेरै कुरा गर्न आवश्यक छ ।’

कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लैंगिक समानतामा प्रगति गर्न महिलामा वित्तिय साक्षरता बढाउनुपर्ने बताउनु भयो । युएन ग्लोबल कम्प्याक्ट नेटवर्क नेपालका अध्यक्ष प्रदीपमान वैद्यले विश्व व्यापी अर्थतन्त्र महामारीबाट मुक्त हुन संघर्ष गरिरहेको अवस्थामा महिलाको बढ्दो सभागितालाई पुनः पहिलाकै अवस्थामा पुर्याउनका लागि कार्यक्रमले सहयोग गर्ने बताउँदै यसले पुँजी बजार थप समावेशी बनाउन सहयोग पुर्याउन बताउनु भयो । कारोबार दैनिक

Facebook Comments