Sat. Sep 21st, 2024

विस्फाेटक पदार्थ सिमकोट पुग्यो, कर्णाली करिडोर निर्माणले गति लिने

काठमाडौं, २०७७ चैत ४ गते बुधबार

कर्णाली करिडोर निर्माणका लागि आवश्यक विस्फाेटक पदार्थ हुम्ला पुगेको छ ।विस्फाेटक पदार्थ सकिएर करिडोरको निर्माण कार्य प्रभाबित भएको बेला उक्त विस्फाेटक पदार्थ जिल्लामा पुगेको हो । मंगलबार बिहान सुर्खेतबाट नेपाली सेनाको जहाजबाट विस्फाेटक पदार्थ पुगेको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख सुन्दुसदास लामाले बताउनुभयो । आयोजनाका चार वटा योजनाको निर्माण कार्य बिष्फोटक पदार्थको अभावले बन्द भएको बेला निक्कै प्रयासका बाबजुद विस्फाेटक पदार्थ पुगेको उहाँले बताउनुभयो ।

सेनाको जहाजले दुई फ्लाईट गरेर विस्फाेटक पदार्थ सिमकोट ओसारेको हो । गत फागुन १२ गते उक्ट जिलेटिन काठमाडौंबाट सुर्खेत पुगेको भए पनि सेनाको जहाजको ब्यबस्था हुन नसक्दा सुर्खेतमै रोकिएको थियो । निर्माण कम्पनीले यसअघि नै ढुवानीका लागि आबश्यक १७ लाख रकम सेनाको खातामा जम्मा गरेको थियो । केही दिन अगाडि कर्णाली करिडोर अन्र्तगत हुम्ला खण्डका चार वटा योजनामा विस्फाेटक पदार्थको अभावले निर्माण कार्य रोकिएको समचार गोरखापत्र दैनिकमा छापिएको थियो ।

रोकिएको काम तत्काल सुरु हुने
विस्फाेटक पदार्थकै अभावले रोकिएको करिडोरको चार वटा स्थानको निर्माणकार्य तत्काल सुरु हुने भएको छ । विस्फाेटक पदार्थ आएपछि विस्फाेट कार्य सुरु गर्ने बाटो खुलेको प्रमुख लामाले बताउनुभयो । एक महिना अगाडिदेखि निर्माण कम्पनीले होल खोपेर विस्फाेट गर्न तयार गरेको कार्य जिलेटिन नभएपछि रोकिएको थियो । अब विस्फाेटक पदार्थको अभावमा रोकिएको काम सुरु हुने योजना प्रमुख लामाले जानकारी दिनुभयो । होल खोपेर विस्फाेट गर्न रोकिएका योजनाहरुमा च्याछरा, सिमकोटदेखि हेक्पा खोला, बोक्चे गौडा र दुल्ली कुना रहेका छन् । एक दुई दिनमा नेपाली सेनाको रोहवरमा आयोजनाले विस्फाेट गर्ने कार्य सुरु हुने जनाएको छ । गोरखापत्र

Facebook Comments