Sun. May 19th, 2024

कांग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक, भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं, २०७७ चैत ४ गते बुधबार

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । मस्तिष्कघातपछि उपचार गराइरहनु भएका जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको खवर सामाजिक सञ्जालमा समेत फैलिएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको नर्भिक अस्पतालले जनाएको छ। यद्यपी सो अस्पतालले जोशीको अवस्था गम्भिर भएको बताएको छ ।

जोशीलाई गत फागुन १३ मा मस्तिष्कघात भएको थियो। केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार भएको थियो। तर पछिल्लो समय उहाँको स्वास्थ्य अवस्था बिग्रेको चिकित्सकहरूले बताएका छन्। डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको उपचार जारी राखेको छ।

Facebook Comments