Sun. Apr 28th, 2024

म छोड्दैछु धर्ती झुकाएर जान्छु

- भवानी न्यौपाने 'भावना'

काठमाडौं, २०७७ फागुन २ गते आईतबार

भिजेका परेली सुकाएर जान्छु
अनेकौं कहानी बुकाएर जान्छु।

छ बाटो अनौठो बिरानो छ बस्ती
भए घात धेरै फुकाएर जान्छु।
म हूँ स्वावलम्बी स्वनेपाल पुत्री
निसाना छ नासो चुकाएर जान्छु ।

म धोका सहेरै सयौं रात काटेँ
म छोड्दैछु धर्ती झुकाएर जान्छु।

Facebook Comments