Sat. Apr 27th, 2024

चीन सरकारले बिबिसी प्रसारणलाई रोक लगायो

काठमाडौं, २०७७ फागुन २ गते आईतबार

चीन सरकारले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेशन बीबीसीलाई चीनमा प्रसारण हुनबाट रोक लगाएको छ । फेब्रुअरी १२ तारिख बेलायतका लागि चिनियाँ दूताबासले पत्रकार सम्मेलन आयोजना गरी चीनमा बीबीसी निषेध भएको जानकारी दिएको हो ।

तर बेलायत सरकारले बीबीसी चीनमा निषेध भएकोबारे अस्वीकार गरेको छ। त्यसबारे चिनियाँ दूताबासको प्रतिकृयासम्बन्धी पत्रकारको प्रश्नको जवाफ दिँदै चिनियाँ दूताबासका प्रवक्ताले केही समययता बीबीसीले चीनको रिपोटिंग गर्दा चीनका सम्बद्ध व्यवस्थापन र नियमसँग चीनको गम्भिर हित र चीन राष्ट्रको एकतालाई बिगार्ने रिपोटिंग गरेको बताएकाछन् । उनले भनेका छन्, ‘विदेशी च्यानललाई चीनमा कार्यक्रम प्रसारण गर्दा चीनको नियम विपरीत ढंगबाट गर्न मिल्दैन, सोही कारण बीबीसीको अरू प्रसारणलाई निषेध गरिएको हो।’  नयाँ वर्षमा प्रसारण हुने निवेदनलाई पनि अस्वीकार गरिएको जानकारी बताए ।

सो कारवाहीको जानकारी प्राप्त भए लगत्तै बीबीसीले प्रतिकृया दिँदै चीनको गतिबिधिबारे निराश लागेको र पश्चाताप नगरी बीबीसी विश्वको सबभन्दा विश्वासनीय अन्तर्राष्ट्रिय समाचार ब्रोडकास्टिङ एकाइ रहेको दाबी गरेको छ।

Facebook Comments