बाढीपछि लाङटाङका सबै परिवारलाई हेलिकप्टरबाट खाद्यान्न वितरण
Signature: 4X8s803l3/hbABetiRABT50BYIhgNmZoV3R/AnD+grnKDdwECqFY5paFwM7E9IPfJHnQhekbU6LtwV7AeJFpNi+bpRuZcZNYTD2DXQjajf2bZi/y/5sKNSbm2Aiy/5N0EPBVdIzuwk899WXH58N9TYsHLgq6JXOgU7D9d919SQPjT2IEt0NAo8ZkjT401wWXEOSgMUtJvV66hc50+M8HuF8ZjBBX3GLumoYnIQ0n14x/PrWcbv0Q1WQ8Wi2Yi3T61JmeyqZpNo9pzURhzEhYhi8zuh2hBmszcKvr+f1GR0ly6kD3EijgpLmhe+TN5EEW4emvdg0gqNJo+sz135mWnwvzk3cX46zrc8wjPAA/IgbbK0D1KRswujJxeUfa7omgjs/4xQUSB5jNLqFZYOfaXnS+XLYdrD6rq/kRPbEwpfnlHyeMHfPXC/hyyJcf3zhJxsOgg8ruCZuMZ6VO5R3915rlHG0U2XmmYe4mgollh+YudiTgaTbvxfakBj7bd1G9UWUsLjm5Vk1kg4yJzZEgqqYl8Qi8bhGy5ejTtfTslVqDo9hXr3eSBI64AfDPoAZgQrybmmIq2QVdTyziM0h8WghWrCGQLs2RuOWruCH601w+qS2LSGLeyahGaW6cw1ABFD4mkv1BsRywjkKwS5BAUQ7ApdsgTrtsZ5p3ZAqxD/xxpxBEFnNtHiG4DFRY9Fe5ajbjOX3MDqs5sij7iRXgdJehar00gs37Kua4MVRqBOETaDC/vVUt+xPyDt1R1n2Bkbw/xNky0fk+mGU7fJu2k8KWjNxEDvLRvukHoA0/jJZy2BH6s52/SoGQvIldBTw83N3JzL3CE4WclaVak4h4ZHIcinfKfwdaasdjDbuhkVI1njNvWM8qCfB3b+FrWWYngQgOF3hz6zJBWAS8orK+KB6fhdZiKU36DdLdo5oWnR3e7U7UYqHnkEqLO+tfd7ZOLfOtp2Llq8/oAMoJtvzyZo8shbGRClvnjRq+UNE9M4g=
- लाङटाङका सबै घरपरिवारलाई हेलिकप्टरबाट राहत ।
- विश्व खाद्य कार्यक्रमको हेलिकप्टरबाट १० टन खाद्यान्न ढुवानी ।
- सडक र पैदलमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाट राहत पुर्याइयो ।
रसुवा । गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरपरिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका सबै परिवारलाई खाद्यान्न अभाव हुन नदिन गाउँपालिका र सरोकार भएका निकायको सक्रियतामा राहत पुर्याइएको हो ।
बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्याउनुका साथै सडक र पुलसमेत बगाएपछि खाद्यान्न ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो ।
गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्याइएको छ । उक्त खाद्यान्न स्थानीय सबै घरपरिवारलाई आवश्यकताअनुसार न्यायोचित रूपमा वितरण गरिसकिएको उहाँले बताउनुभयो ।
सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको यस क्षेत्रका सबै बासिन्दाले गाउँमै खाद्यान्न पाएपछि राहत महसुस गरेका छन् । सडक सञ्जाल पुनः सञ्चालन नहुँदासम्मका लागि खाद्यान्न ढुवानीले लाङटाङका सम्पूर्ण परिवारको दैनिक जीविकोपार्जनमा ठूलो राहत पुगेको वडा कार्यालयले जनाएको छ । रासस

