चीन अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्ध दुवै देश र विश्वका लागि झन् लाभकारी
पैचिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २३ देखि २५ तारिखसम्म अमेरिकाको राजकीय भ्रमण गर्नुभएको छ। भ्रमण अवधिमा दुवै राष्ट्रनायकले चीन अमेरिका सम्बन्ध र विश्वको मुख्य स्थितिसँग सम्बन्धित रहेका रणनीतिक र समष्टिगत समस्याहरूबारे सदिच्छा र गहन रूपमा वैचारिक आदान प्रदान गरी ८ बुँदे मतैक्यता प्राप्त गर्नुभएको थियो।
तीमध्ये सबभन्दा महत्वपूर्ण राजनीतिक प्रतिफल के छ भने दुवै पक्षले चीन अमेरिका सम्बन्धको नयाँ विषयलाई यथेष्ट पारी सम्मानित, समान र निष्पक्ष जगमा आधारित चीन अमेरिका रणनीतिक स्थिर सम्बन्धको स्थापना गर्न सहमति जनाएर चीन अमेरिकाका लागि ठूला देश बीच सहअस्तित्व हुने उपाय खोज्नका लागि अझ स्पष्ट रणनीतिक निर्देशन दिएका छन्।
नयाँ ऐतिहासिक शुरूवातमा उभिँदा चीन अमेरिका दुवै पक्षले सँगै मिलेर दुवै राष्ट्रनायक बीच सम्पन्न महत्वपूर्ण मतैक्यतालाई व्यवहारमा उतारेर चीन अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्धलाई अभिलाषाबाट वास्तविक गतिविधिमा परिणत बनाई दुवै देशका जनताका लागि अझ बढी लाभ लिनुका साथै विश्व शान्तिका लागि अझ बढी आशा ल्याउँदै जानेछन्। CHTN

