२०८३ भाद्र २७, शनिवार

रसुवा-भोटेकोशी बाढी: हालसम्म १,३८६ वटा शव फेला परे, उद्धार, बेपत्ता र शव व्यवस्थापनको पछिल्लो अद्यावधिक विवरण सहित

       
भिओके समाचार/काठमाण्डू । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि सञ्चालित खोज, उद्धार तथा राहत कार्यको अद्यावधिक विवरण (भदौ २६ गते राति २०:०० बजेसम्म) सार्वजनिक गरेको छ।उद्धार र प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ७,९७५ जना सुरक्षार्थीहरू परिचालित भएका छन्। प्रकोपका कारण ६५ जना प्रहरी स्वयम् प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्क विहीन रहेका छन्।

यस्तै, बाढीबाट घाइते तथा उद्धार गरिएकाहरूको संख्या ९,२८७ पुगेको छ। जसमध्ये ६,४०७ पुरुष, २,८३० महिला र ५० जनाको विवरण नखुलेको प्रहरीले जनाएको छ। होल्डिङ सेन्टरमा हालसम्म २,७३९ जना रहेका छन्।

बेपत्ता विवरण

बाढीका कारण कुल ४,०८९ जना बेपत्ता रहेका छन्:

  • स्वदेशी: ३,४६९ जना (२,९०७ पुरुष र ५६२ महिला)
  • विदेशी: ६१० जना (२७२ पुरुष, ३२८ महिला र १० अन्य)

शव फेला, व्यवस्थापन र हस्तान्तरण

प्रहरीका अनुसार हालसम्म १,३८६ वटा शव फेला परेका छन् (५४२ पुरुष, ३३८ महिला र ५१० आंशिक अंग)।

  • पहिचान र वेबसाइट अपलोड: पहिचान हुन नसकेका १,३३५ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
  • शव व्यवस्थापन: जमिनमुनि सुरक्षित रूपमा १,२१३ वटा शव व्यवस्थापन गरिएको छ।
  • शव हस्तान्तरण: पहिचान भएका १०३ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ।

DNA सङ्कलन

पहिचान कायम गर्नका लागि कुल ३,०६५ वटा DNA नमुना संकलन गरिएको छ। जसमध्ये १,२८६ वटा शवहरूबाट र १,७७९ वटा बेपत्ताका आफन्तहरूबाट संकलन गरिएको हो।

जनचेतना र अन्य

प्रहरीले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा १७८ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी ४६,८४० जनाको सहभागिता सुनिश्चित गरेको जनाएको छ।

Facebook Comments