Sat. Jul 4th, 2026

     इजरायली प्रधानमन्त्रीको कार्यालयद्वारा इरानी वार्ताकारलाई धम्की दिएको रिपोर्ट अस्वीकार   

       

तेल अवीव (इजरायल) । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले अमेरिकी अधिकारीहरूले यस वर्षको सुरुमा इस्लामाबाद वार्ताको क्रममा इजरायलले वरिष्ठ इरानी वार्ताकारहरूलाई लक्षित आशंकाको आरोप लगाएको समाचार रिपोर्टलाई खारेज गरेको जनाइएको छ ।

सामाजिक सञ्जाल एक्समा इजरायली प्रधानमन्त्री कार्यालयले द न्युयोर्क टाइम्सको इजरायल र इरानी वार्ताकारहरूको बारेमा प्रकाशित पछिल्लो समाचार नक्कली समाचार भएको पनि जनाएको छ ।

टाइम्स अफ इजरायलले उद्धृत गरेको एनवाईटी समाचार रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरूले यस वर्षको सुरु वार्ता (इस्लामाबाद वार्ता) को क्रममा इरानी विदेश मन्त्री अब्बास अराघची र इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफलाई इजरायलले उनीहरूको हत्या गर्ने प्रयास गर्न सक्ने अप्रत्यक्ष चेतावनी दिएका थिए ।

वर्तमान र पूर्व अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी मिडिया रिपोर्टले केही अमेरिकी अधिकारीहरूले अप्रिल –८ मा इरानसँगको अमेरिका–इजरायल द्वन्द्वमा लडाइँ रोकेको युद्ध–विराम पछि इजरायलले दुई वरिष्ठ इरानी वार्ताकारलाई लक्षित गर्ने योजना बनाएको हुन सक्ने आरोप लगाएको जनाइएको छ ।

यस्ता चिन्ताका कारण अमेरिकी अधिकारीहरूले यस क्षेत्रका अन्य देशका समकक्षीहरूलाई इजरायलले अराघची र गालिबफलाई लक्षित गर्न सक्ने चेतावनी दिन आग्रह गरेको पनि यसले दाबी गरेको छ ।

जवाफमा, इजरायली प्रधानमन्त्री कार्यालयले शुक्रबार उक्त रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गरेको जनाएको छ ।

इजरायललाई यस अघिको क्षेत्रीय द्वन्द्वमा वार्ताकार समकक्षहरूलाई लक्षित गरेको आरोप लगाइएको अल जजिराले जनाएको छ । यसले जन् २०२५ सेप्टेम्बरमा भएको एउटा घटनालाई उद्धृत गर्दै इजरायलले पठाएको युद्धविराम प्रस्ताव बारे छलफल गर्न कतारको दोहामाआएको हमासको वार्ता टोलीमाथि बम प्रहार गरेको जनाएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार फोन–वार्ताको क्रममा निकट भविष्यमा अमेरिकामा भेट्न सहमत भएको टाइम्स अफ इजरायलले इजरायली प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको विज्ञप्ति अनुसार नेतान्याहूले संयुक्त राज्य अमेरिकाको २५० औ स्वतन्त्रता दिवसमा ट्रम्पलाई बधाई दिएको जनाइएको छ ।

टाइम्स अफ इजरायलका अनुसार प्रधानमन्त्री कार्यालयले प्रस्तावित बैठकका लागि निश्चित मिति वा स्थान दिएको छैन ।
कतार र पाकिस्तानले जुलाई –१ मा दोहामा अमेरिका र इरानी वार्ताकारहरूसँग छुट्टै बैठक सम्पन्न गरे पछि १४ बुँदे समझदारी पत्र (एमओयू) सम्बन्धी मुद्दाहरूमा “सकारात्मक प्रगति“ भएको रिपोर्ट गरिएको छ ।

कतारका विदेश प्रवक्ताले “दलहरू आउँदो अवधिमा छलफल जारी राख्न सहमत भएको उल्ल्ेख गर्दै अर्को बैठक पूर्व इरानी सर्वोच्च नेताको अन्त्येष्टि पछि छिटै निर्धारित गरिने बताउनुभएको छ । क्युएनए

Facebook Comments