Sat. Jul 4th, 2026

कोशी प्रदेश सभा: विनियोजन विधेयकमाथि छलफल जारी   

       

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमाआर्थिक वर्ष २०८३/८४ को सेवा कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३माथिको छलफलले निरन्तरता पाएको

छलफलमा कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराती, गणेश उप्रेती विनोद राईले प्रस्तुत विषयमा आफ्ना धारणा राख्नुभएको थियो

सभामा सामाजिक विकासमन्त्री रामप्रसाद महतोलेप्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयकसभा प्रस्तुत गर्नुभयो

विधेयकमा कुनै पनि संशोधनको प्रस्ताव दर्ता नभएपछि सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको प्रस्तावको रूपमा प्रस्तुत भएको घोषणा गर्नुभयो

विशेष समय    

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट होमबहादुर थापाले प्रजातान्त्रिक मूल्य मान्यताका आधारमा सरकारले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो

वर्तमान परिस्थितिमा प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा उभिन ढिलो गर्न नहुने भन्दै उहाँले साङ्गठनिक रूपमा दलहरू एक नभए व्यवस्थामा समस्या आउने धारणा राख्नुभयो

गरिबी निवारण गरी कोशी प्रदेशको जनताको जीवनस्तर उकास्न सरकारलले सन्तुलित बजेट तर्जुमा गर्नुपर्ने धारणा राख्दै उहाँले सन्तुलित बजेटको अभावमा जनतामा निराशा बढ्ने प्रदेश संरचनाप्रति जनताको अनादर बढ्ने चिन्ता व्यक्त गर्नुभयो

शून्य समय    

शून्य समयमा कोशी प्रदेशसभाका सदस्य गीतादेवी रेग्मी, कमला थापा मगर, गोम्बू शेर्पा, राजेन्द्र कार्की, नारायणबहादुर मगर, खिनु लङ्वा लिम्बूले प्रदेशको मौजुदा समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो  रासस

Facebook Comments