प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस
काठमाण्डू । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई सिफारिस गरेको छ ।
प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले आज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । बैठकपछि सभामुख डोलप्रसाद अर्यालले भावी प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस भएको जानकारी दिनुभयो ।
परिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । नियुक्तिपछि शर्मा ३३औं प्रधानन्यायाधीश बन्नुहुनेछ ।
Facebook Comments

