सभामुखमा उपसभापति अर्याललाई प्रस्ताव गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
काठमाण्डू । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले राख्नुभएको सो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।
सभामुख पदको निर्वाचनका लागि यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक राखिएको छ । रासस
Facebook Comments

