Wed. Feb 25th, 2026

बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध प्याकेज घोषणा

       

लन्डन । बेलायतले मस्कोको महत्वपूर्ण तेल राजस्व कटौती गर्ने उद्देश्यले सन् २०२२ मा रुसी-युक्रेनी युद्ध सुरु भए पछिको सबै भन्दा ठूलो तथा नयाँ प्रतिबन्ध प्याकेज घोषणा गरेको छ ।

प्याकेजमा रूसी ऊर्जा राजस्व, विशेष गरी तेल निर्यात, साथै युद्ध प्रयासलाई बढावा दिने सैन्य उपकरणका प्रमुख आपूर्तिक कर्तालाई लक्षित गरी लगभग ३०० नयाँ प्रतिबन्ध समावेश छन् । बेलायतले रूसको प्रतिबन्ध व्यवस्था अन्तर्गत अहिलेसम्म तीन हजार भन्दा बढी व्यक्ति, संस्था र जहाजमाथि प्रतिबन्ध लगाएको पुष्टि गरेको छ ।

प्रतिबन्ध बेलायती विदेश सचिव यभेट कुपरको किएभ भ्रमण र युक्रेनको क्षमतालाई बलियो बनाउन डिजाइन गरिएको नयाँ समर्थन प्याकेजको साथ आएको जनाइएको छ । नयाँ प्रतिबन्ध विशेष गरी पाइपलाइन कम्पनी प्रति लक्षित रहेको जनाइको छ । जुसको माध्यामबाट रूसको तेल निर्यातको ८०% भन्दा बढी ढुवानी हुन्छ ।

यो कदमले स्वीकृत रूसी कच्चा तेलको बजारीकरण र वितरणलाई थप जटिल बनाउने अपेक्षा गरिएको छ । बेलायती सरकारका अनुसार अन्तर्राष्ट्रिय प्रतिबन्धले अहिलेसम्म मस्कोलाई ४५० अर्ब डलर-भन्दा बढीबाट आयबाट वञ्चित गरेको छ, जुन युक्रेनमा रुसको सैन्य कारबाहीको थप दुई वर्षको कोष बराबर भएको जनाइएको छ । क्यूएनए

Facebook Comments