सद्भाव र एकताको आह्वान गर्दै पूर्वराजा ज्ञानेन्द्रको अपिल
- पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आह्वान ।
- सुनसरी घटनापछि उत्पन्न तनावप्रति दुःख व्यक्त गर्दै हिंसात्मक गतिविधिबाट टाढा रहन आग्रह ।
- नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचान जोगाउन सबै नेपाली मिलेर अघि बढ्नुपर्नेमा जोड ।
भिओके समाचार/काठमाण्डू । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीसहित विभिन्न स्थानमा पछिल्ला दिनमा भएका हिंसात्मक घटना र त्यसबाट उत्पन्न सामाजिक तनावप्रति गहिरो दुःख व्यक्त गर्दै सबै नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गर्नुभएको छ ।
निर्मल निवासबाट बिहीबार जारी गरिएको ‘सद्भाव सन्देश’मा पूर्वराजा शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले यही विविधताले नेपालको पहिचान र गौरव निर्माण गरेको उल्लेख गर्नुभएको छ । उहाँले धर्म, संस्कृति र रीतिरिवाजको सम्मान गर्दै आपसी मेलमिलाप कायम राख्नु नै नेपाली समाजको मौलिक विशेषता भएको बताउनुभएको छ ।

Facebook Comments

