Wed. Feb 25th, 2026

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण

       
इनरुवा (सुनसरी) । निर्वाचनमा खटिने कर्मचारीका लागि जिल्ला सदरमुकामपनि  १६७ मतदानस्थलमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम इनरुवा–५ स्थित सारदा माविमा आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा चार निर्वाचन क्षेत्र रहेको जनाउँदै उहाँले १६७ मतदानस्थलमा खटिने कर्मचारीलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापनलगायत विषयमा तालिम दिन थालिएको बताउनुभयो । तालिम शुक्रबार समापन हुने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । रासस
Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read