Mon. Apr 29th, 2024

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट दर्ता

काठमाडौं, २०७७ पुस ७ गते मंगलबार

संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा १२ वटा भिन्दाभिन्दै रिट दर्ता भएका छन् ।

ति रिटहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक क्षेत्राधिकार विरुद्ध गइ संसद विघटन गरेको भन्दै राष्ट्रपतिको निर्णय उल्ट्याउन माग गरिएको छ ।

१२ वटै रिट निवेदन सोमबार नै दर्ता भएका हुन् । संविधान अनुरुप संसद विघटन गर्नपूर्वको अवस्था विद्यमान नभएको दावी रिटमा छ । साथै आगामी बुधबारका लागि सुनुवाइको पेशी पनि तोकिएको छ ।

रिट निवेदकहरुको नाम:

अधिवक्ता कन्चन कृष्ण न्यौपाने

लोकेन्द्रबहादुर ओली

केशरजंग केसी

ज्ञानेन्द्र आरण

शालिकराम सापकोटा

कलम बहादुर खत्री

अमिता गौतम पौडेल

दिनेश त्रिपाठी

सन्तोष भण्डारी

दीपक राई

तुलशी सींखडा

सुलभ खरेल

Facebook Comments