Mon. Apr 29th, 2024

सत्तारुढ नेकपा विभाजनको संघारमा, दुवै अध्यक्षको नेतृत्वमा आज आआफ्नै गुटका केन्द्रीय सदस्यहरुको भेला

काठमाडौं, २०७७ पुस ७ गते मंगलबार

एकताको साढे दुई वर्ष पनि नवित्तदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको संघारमा पुगेको छ ।

सोही पार्टीबाट प्रधानमन्त्री बन्नु भएका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहनु भएका पुष्पकमल दाहाल समुहले आफु् निकटका केन्द्रीय सदस्यहरुबाट एकले अर्कोलाई कारवाही गर्दै अनौपचारिक विभाजनको सुरुवात गर्दैछन् । ओलीले आज विहान ९ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाउनु भएको छ । उहाँले त्यही बैठकबाट पार्टीलाई जानकारी नै नदिई प्रधानमन्त्रीलाई हटाउन खोजेको, पार्टी एकता विपरित कार्य गरेको भन्दै दाहाललाई कारवाही गर्नुहुने भएको छ ।

सोही बैठकले अन्य शिर्ष नेतालाई पनि कारवाही गरेर अघि बढ्ने तयारी ओली पक्षको छ ।कारवाही ककसलाई गर्ने भन्ने बारेमा ओली सहित ईश्वर पोख्रेल, महासचिव विष्णु पौडेल, स्थायी समिती सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरु राती अबेरसम्म व्यस्त रहनु भयो । तर यसबारेमा केही बताईएको छैन । उहाँहरुले दाहाललाई कारवाही गरेर निर्वाचन आयोगमा जानकारी गराउने तयारी गरेको ओली निकट एक नेताले बताउनु भएको छ ।

दाहाल नेपाल समूहले पनि आजै ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता बनाउने जनाएको छ । आज विहान बस्ने संसदीय दलको बैठकले ओलीलाई हटाएर दाहाललाई दलको नेता बनाएपछि त्यसको जानकारी गराउदै दिउसो बस्ने केन्द्रीय समितिको बैठकबाट ओलीलाई कारवाही गरी हटाउने तयारी सो समूहको छ ।

Facebook Comments