Mon. Apr 14th, 2025 11:45:49

तेस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु

काठमाडौं, २०७७ मंसिर २२ गते सोमबार

चाइना मिडिया ग्रुप र हाइनान प्रान्तीय जन सरकारको संयोजकत्वमा तेस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव डिसेम्बर ५ तारिख शनिबारदेखि सान या हाइथाङ खाडीमा शुरु भएको छ।

चलचित्र महोत्सव उद्धाटन समारोहलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख, चाइना मिडिया ग्रुपका महानिर्देशक एवं तेस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संयोजन समितिका अध्यक्ष शन हाइ स्योङ र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत हाइनान प्रान्तीय समितिका सचिव एवं हाइनान प्रान्तीय जन कंग्रेसको स्थायी समितिका सचिव शन स्याउ मिङले सम्बोधन गर्नुभएको छ। शन हाइ स्योङले तेस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु हुने घोषणा गर्नुभएको छ।

सम्बोधनमा शन हाइ स्योङले यस चलचित्र महोत्सव एक किसिमको विशेष अवधिमा आयोजना गरिएकाले विश्वका चलचित्र व्यक्ति र चलचित्रका दर्शकहरूका लागि त्यसको विशेषतायुक्त अर्थ रहेको कुरामा जोड दिनुभयो।

तेस्रो हाइनान टापु अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा १ सय १४ वटा मुलुक र क्षेत्रका ४ हजार ३ सय ७६ वटा चलचित्रले सहभागी हुन नाम दर्ता गरेका छन्। तीमध्येका १ सय ८९ वटा उत्कृष्ट चलचित्रलाई हाइनान प्रान्तका हाइ खौ, सान या, चान चौ र छ्योङ हाइ ४ वटा शहरका १५ सिनेमा घरमा प्रदर्शन गरिनेछ।

Facebook Comments