Mon. Apr 29th, 2024

नेकपा सचिवालय बैठक सम्पन्न, अर्को बैठक १३ गते शनिबार बस्ने

काठमाडौं, २०७७ मंसिर ३ गते बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अर्को बैठक १३ गते शनिबार बस्ने निर्णय गरेको छ ।

अर्को बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको नयाँ प्रस्ताव तयार गरेर बैठकमा प्रस्तुत गर्नुहुने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालय बैठकको विषयबारे थप छलफल र अनुमोदन गर्न १८ गते बिहीबार स्थायी कमिटी बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, केन्द्रीय कमिटीको बैठक २५ गतेका लागि सार्ने निर्णय गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठक १५ देखि १७ गतेसम्म बस्ने तय भएको थियो ।

पार्टीको आन्तरिक संकटलाई निवारण गर्ने उद्देश्यले बसेको सचिवालय बैठकले उचित निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकपछि पत्रकारलाई संक्षिप्त जानकारी दिनुहुँदै उहाँले यसअघि प्रस्तुत सबै प्रस्तावबारेमा छलफल गरी उचित निकास निकालिने बताउनुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments