Fri. Apr 19th, 2024

कोभिड-१९ सबैभन्दा पहिले इटलीमा भेटिएको हुन सक्ने एक अध्ययनको दाबी

काठमाडौं, २०७७ मंसिर ३ गते बुधबार

हाल इटली मिलानको राष्ट्रिय क्यान्सर इस्टिट्युटले एक अध्ययन प्रतिवेदनको सार्वजनिक गर्दै सन् २०१९ को सेप्टेम्बरमा संकलन भएका सर्वसाधारणाको रगत स्याम्पलमा कोभिड-१९ भाइरसको एन्टीबडी भेटिएको जनाएको छ।

उक्त प्रतिवेदन अनुसार, इन्स्टिट्युटले सन् २०१९ को सेप्टेम्बरदेखि सन् २०२० को मार्चसम्म संकलन भएका रगतका नमूनालाई परीक्षण गरेको छ। परीक्षण गरिएका ९५९ वटा नमूनामध्ये १११ वटा नमूनामा गत फेब्रुअरीअघि नै कोभिड-१९ भाइरसको एन्टिबडी भेटिएको निश्चित भएको हो।

उक्त अध्ययन अनुसार, इटलीका लक्षणरहित विरामीले बोकेका SARS-CoV-2 नै जनसमूहबीच फैलिएको समय अनुमानभन्दा अघि सुरू भएको छ। इटली सरकारले सार्वजनिक गरेको पहिलो निश्चित कोभिड-१९ विरामीभन्दा केही महिनाअघिदेखि नै सुरू भइसकेको छ भने चीनको पहिलो निश्चित रिपोर्टभन्दा पनि अघि देखिएको छ।

उक्त प्रतिवेदनले महामारीको अध्ययन गर्न नयाँ आधार पनि प्रदान गरेको खवर सिआरआईले लेखेको छ ।

Facebook Comments