Tue. Apr 16th, 2024

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता

फाईल फोटो

काठमाडौं, २०७७ मंसिर ३ गते बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार विहान शीतल निवासमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित भएको बताउनुभयो । सरकारको कार्य प्रगति तथा अन्य विषयमा ब्रिफिङका लागि प्रधानमन्त्री ओली विहान शीतल निवास आउनुभएको हो । उहाँहरुबीच करिब एक घण्टा छलफल भएको उहाँले बताउनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार आज बुधबार दिउँसो १ बजेकालागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक पूर्व निर्धारित छ ।  तर सो बैठक एक घण्टा सर्ने भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, आजै दिउँसो २ बजेका लागि मन्त्रिपरिषद बैठक बस्ने शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments