Wed. May 6th, 2026

आदिवासी जनजाती चलचित्र महोत्सव सुरु

       

रमेश हतुवाली/काठमाण्डू, २०८२ असार ६ गते शुक्रबार । पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ सुरु भएको छ ।

आज काठमाण्डू चावहिलस्थित चलचित्र विकास बोर्डमा एक भव्य समारोहबीच रक्षामन्त्री मानवीर राईले सो महोत्सवको शुभारम्भ गर्नुभएको हो । महोत्सवमा १९ वटा आदिवासी चलचित्र प्रदर्शन हुने भएको छ । आयोजक संस्था आदिवासी जनजाती चलचित्र महासंघका अनुसार ८ वटा विधामा ती चलचित्रलाई पुरस्कृत समेत गरिने भएको छ ।

महोत्सवमा १६ वटा नेपाली, नर्वेका ३ र ताइवानको एउटा चलचित्र प्रदर्शन हुने भएको छ । । सागर केरुङद्वरा निर्देशित लिम्बु भाषाको ‘चे’, नवीनबाबु गुरुङद्वारा निर्देशित गुरुङ भाषाको नाचुने, ओम चरण अमात्यद्वारा निर्देशित नेवार भाषाको ‘सिंकिङ सिभिलाइजेसन अफ काठमाण्डू भ्याली’ प्रदर्शन हुनेछन् । लुज सिंहद्वारा निर्देशित नेवार भाषाको ‘साकिप्य’, राजबहादुर गुरुङद्वारा निर्देशित गुरुङ भाषाको ‘मि(थो’, मेकबहादुर पुनद्वारा निर्देशित मगर भाषाको ‘ट्याङचलाक’ र विश्वास मगरद्वारा निर्देशित मगर भाषाको ‘खिल’ समेत प्रदर्शन गरिने भएको छ । कमल एक्चै मगरद्वार निर्देशित ‘मगर चिनारी’, सन्चु थोकरद्वारा निर्देशित तामाङ भाषाको ‘श्ह्मा पिन्वा’, विनायक तामाङद्वारा निर्देशित तामाङ भाषाको ‘ग्याल्बो राजा’ पनि देखाइनेछ कार्यक्रम रहेको छ ।

कार्यक्रम सञ्चालक तथा पत्रकार श्याम बहादुर राना मगरका अनुसार शुभारम्भ समारोहमा नविन सुब्बा, युवराज लामा, क्याप्टेन विजय लामा, मिलन चाम्स, अनिल बुढामगर, उपेन्द्र सुब्बा, राजकुमार राई, छिरिंग शेर्पा, अशोक थापामगर, डिएसपी ओम राना, एआईजी गणेश ठाडामगर, प्रेम कुमार श्रेष्ठ लगायतका महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । समारोहमा विभिन्न जातजातीका झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । महोत्व आईतबारसम्म चल्ने भएको छ ।

Facebook Comments