Fri. Apr 17th, 2026

चीनमा सन् २०२० को शरद ऋतु अन्न खरिद सुरू

       

काठमाडौं, २०७७ कात्तिक २२ गते शनिबार

सन् २०२० चीनको शरद ऋतु अन्न खरिद कार्य हाल चौतर्फी रूपमा सुरू हुनुका साथै अन्नको खरिद भाउ स्थिर रहेको छ। चिनियाँ राष्ट्रिय खाद्य र सामग्री भण्डार ब्युरोबाट नोभेम्बर ६ तारिख आयोजित पत्रकार सम्मेलनमा प्रमुख छिन युयुनले उक्त जानकारी दिनुभएको हो।

उहाँका अनुसार, अक्टोबर ३१ तारिखसम्म कुल २ करोड १६ लाख ३० हजार टनको शरद ऋतु अन्न खरिद गरिसकेको छ। गत वर्षको तुलनामा ९ लाख ५० हजार टन वृद्धि भएको छ।

सीआरआईका अनुसार चालु वर्ष कोभिड-१९ महामारी तथा प्रकोपको प्रभावमा चीनमा मुख्य प्रकारको खाद्यन्नको भाउ बढेको छ र बढेको भाउको प्रभाव पनि परेको छ। बजारमा खाद्यन्नको मात्रा बढ्नुका साथै हाल बजार भाउ क्रमशः स्थिर बन्दै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read