यातायात व्यवसायी र सरकारबीचको वार्ता भोलिसम्मका लागि स्थगित
भिओके समाचार/काठमाण्डू, २०८२ जेठ १९ गते सोमबार । देशैभरी सार्वजनिक यातायात बन्द गरेर सरकारलाई वार्तामा बस्न बाध्य बनाएका यातायात व्यवसायी र सरकारबीचको वर्ता कुनै ठोस निष्कर्ष ननिकाली टुंगिएको छ ।
गृह मन्त्रालयमा आज साँझ बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबीचको वार्तामा कुनै निष्कर्ष ननिस्किए पनि भोलि बिहान १०:३० बजे पुन वार्ता हुने स्रोतले बताएको छ ।
सार्वजनिक यातायात सञ्चालन नहुँदा सर्वसाधारण, विद्याार्थी, कर्मचारी र पर्यटकहरुले ठूलो सास्ती भोग्नु परेको थियो ।
Facebook Comments

