Thu. Apr 25th, 2024

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत

सुर्खेत, २०७७ कात्तिक ७ गते शुक्रबार

कर्णाली प्रदेशसभामा नेकपा संसदीय दलको बैठकले दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । शुक्रवार दलका प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बैठकमा १८ जना प्रदेशसभा सदस्यहरु सहभागी भएको र संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको बताउनुभयो । नेकपाका ३३ जना सांसद रहेको संसदीय दलमा बहुमतका लागि १७ जना सांसद आवश्यक पर्दछ ।

गत असोज २५ गते १८ जना असुन्तष्ट सांसदहरुले दलका नेता तथा मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा विश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो । अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट दलका नेता शाहीले तत्कालीन प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरी सचेतक सीता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको थियो ।

प्रमुख सचेतकमा नियुक्त भए लगत्तै सीता नेपालीले कात्तिक ७ गते दलको बैठक बस्ने जानकारी दिनुभएको थियो । शुक्रवारको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका कुनैपनि सांसदहरु कोहीपनि उपस्थित हुनुभएन । गोरखापत्र अनलाईनबाट

Facebook Comments