Fri. Apr 19th, 2024

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गर: देउवा

काठमाडौं, २०७७ कात्तिक ६ गते बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमितको उपचार नगर्ने अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गर्न माग गर्नुभएको छ । उहाँले कोरोना संक्रमितको उपचार निशर्त, भेदभावरहित र निः शुल्क हुुनुपर्ने बताउनु भएको छ ।

कान्तिपुर अनलाईनका अनुसार देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड(१९) को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भन्दै तत्काल खारेज गरी स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभावबिना, निः शुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

‘म नेपाल सरकार र प्रधानमन्त्रीलाई कोभिड-१९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभाव बिना, निः शुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु,’ विज्ञप्तिमा छ ।

देउवाले यस विषम परिस्थितिमा जनताको जीवन नै कष्टकर भएको यथार्थतर्फ संवेदनशील भई जनहितमा काम गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ । अहिलेको अवस्थामा सरकार जनताको अभिभावकका रुपमा उभिनु पर्नेमा झन् पीडा थप्ने काम गरेको भन्दै देउवाले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गर्नु निन्दनीय र लज्जास्पद भएको टिप्पणी देउवाको छ ।

Facebook Comments