Sat. Jul 27th, 2024

राष्ट्रिय मानवअधिकार आयोगद्वारा २ सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक

काठमाडौं, २०७७ असोज २९ गते बिहीबार

राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न समयमा मानवअधिकार उल्लंघन गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । आयोगले बिहीबार २ सय ८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष अनुपराज शर्माले २० वर्षमा गरेका कामको समीक्षासहितको आयोगको प्रतिवेदन सार्वजनिक गर्दै मानवअधिकार उल्लंघनकर्ताहरूको नाम सार्वजनिक गरेको हो ।

तत्कालीन माओवादीले गरेको सशस्त्र विद्रोहसहित विभिन्न समयमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरूको नाम आयोगले सार्वजनिक गरेको हो । आयोगको प्रतिवेदनमा २८६ जना मानवअधिकार उल्लंघनकर्ताहरुको विवरण उल्लेख गरिएको छ ।

आयोगले नाम सार्वजनिक गरेका २ सय ८६ मानवअधिकार उल्लंघनकर्ताहरूमध्ये निजामती कर्मचारी १६, नेपाल प्रहरी ९८, नेपाली सेना ८५, सशस्त्र प्रहरी ८, नेकपा माओवादी ६५, शिक्षक ४, चिकित्सक २, मावअधिकारकर्मी १ र अन्य ७ जना रहेका प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, यसबीचमा आयोगले सिफारिस गरेका एक हजार १ सय ९५ जना मानवअधिकार उल्लंघनकर्ताहरूको अवस्था पनि उल्लेख गरेको छ । जसमा ७ सय ७९ जना राज्यपक्षका, २ सय ८७ जना माओवादी पक्षका, सरकार र माओवादी संयुक्त ३८ जना, प्रतिकार समूहका २३ जना, शिक्षक १६ जना, अन्य ५२ जना रहेका छन् ।

आयोगले नाम उल्लेख गरेका व्यक्तिहरूमा ठूलो संख्यामा सुरक्षा निकायका अधिकारीहरू रहेका छन् । उनीहरूले तत्कालीन अवस्थामा मानवअधिकार उलंघन गरेको आयोगको प्रतिवेदनमा लेखिएको छ । कान्तिपुर अनलाईनबाट

Facebook Comments