Sun. May 24th, 2026

अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सुन्दरहरैँचामा सुरु   

       

सुन्दरहरैँचा (मोरङ), २०८२ वैशाख ६ गते शनिबार । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा आजदेखि पहिलो अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन प्रारम्भ भएको छ ।

‘उच्च शिक्षामा दिगोपनः स्थानीय र विश्वव्यापी ज्ञानको एकीकरण’ नाराका साथ आयोजित सम्मेलनमा शिक्षाका विविध आयामबारे छलफल हुनुका साथै स्थानीय र वैश्विक ज्ञानको आदानप्रदान अनुसन्धान तथा शैक्षिक सहयोग अभिवृद्धिका सम्बन्धमा विचारविमर्श हुने सम्मेलन आयोजक समितिका संयोजक गणेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

यसैबीच, सुन्दरहरैँचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता पनि आजै अपराह्नदेखि हुँदैछ । नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट आठ वटा फुटबल टिमबीच प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव खड्ग श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यही वैशाख १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपाधि जित्ने टोलीलाई नगद रू चार लाख र उपविजेतालाई रु दुई लाख प्रदान गरिनेछ । रासस

Facebook Comments