Fri. Apr 26th, 2024

बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फिर्ता

काठमाडौं, २०७६ कार्तिक २९ गते शुक्रबार ।

काठमाडौँ, कात्तिक २९ गते । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता हुनुभएको छ ।
उहाँलाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति हमिद नेपालको चारदिने औपचारिक भ्रमणमा आउनु भएको थियो ।

राष्ट्रपति भण्डारी सहित उहाँलाई विदाइ गर्न गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई लगायत विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । विदाइका क्रममा बंगलादेशका राष्ट्रपति हमिदलाई सेनाको एक टुकडीले २१ तोपको सलामी सहित सम्मान अर्पण गरेको थियो । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments