Sun. May 10th, 2026

कोशी पर्यटन वर्षः भारतीय पर्यटकका सवारीसाधनमा सुरक्षा ‘स्टिकर’

       

धरान (सुनसरी), २०८२ बैशाख १ गते सोमबार । कोशी पर्यटन वर्ष २०८२ लाई लक्ष्यित गर्दै कोशी प्रदेशको भ्रमणमा आउने पर्यटकको सुरक्षालाई दृष्टिगत गरी प्रदेश सरकारले सुरक्षा जाँच (पहेँलो) स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

अभियानअन्तर्गत आज कोशी ब्यारेजमा भारतीय पर्यटक सवार सवारीसाधनमा सुरक्षा जाँच स्टिकर टाँसिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।

कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले भारतीय पर्यटक सवार सवारीसाधनमा स्टिकर टाँस्नुभएको हो । यो अभियान भारतसँगका प्रदेशका सबै नाकामा चलाइने उहाँले बताउनुभयो ।

त्यस अवसरमा सुनसरी जिल्लाका प्रमुख अधिकारी धर्मेन्द्र मिश्र, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमनकुमार तिम्सिनालगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि सहभागी हुनुहुन्थ्यो । रासस

Facebook Comments

सम्बन्धित समाचार