Wed. May 27th, 2026

अमेरिकालाई अन्य करहरूको समीक्षा गर्न जापानको ‘दृढतापूर्वक’ माग   

       

टोकियो, २०८१ चैत २८ गते बिहीबार । जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई ‘सकारात्मक रूपमा’ लिएको तर अझै पनि वासिङ्टनले अन्य भन्सार शुल्कहरू पुनर्विचार गरोस् भनी ‘दृढतापूर्वक’ माग गरेको बताएको छ ।

“हामीले पछिल्लो अमेरिकी घोषणालाई सकारात्मक रूपमा लिएका छौँ”, सरकारका मुख्य प्रवक्ता योशिमासा हायाशीले नियमित ब्रिफिङमा भन्नुभयो, “हामीले अमेरिकालाई आपसी भन्सार शुल्क, स्टिल र एलुमिनियममा लगाइएको भन्सार शुल्क र सवारी साधन तथा अटो पार्ट्समा लगाइएको भन्सार शुल्कका उपायहरूको पुनरावलोकन गर्न दृढतापूर्वक माग गरिरहेका छौँ ।”

गत हप्ता धेरै देशका लागि व्यापक ‘पारस्परिक’ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणामा विश्वको चौथो नम्बरको अर्थतन्त्र जापानबाट आयातमा २४ प्रतिशत कर लगाउने समावेश थियो ।

ट्रम्पले बुधबार यी भन्सार शुल्कहरूमा ९० दिनको रोक घोषणा गर्नुभएको छ तर अन्य भन्सार शुल्कहरू अझै कायम छन् । यसमा संयुक्त राज्य अमेरिकामा आउने कारहरूमा २५ प्रतिशतको भन्सार शुल्क समावेश छ ।

अमेरिकाको नजिकको मित्र जापानमा अटो क्षेत्र अर्थतन्त्रको एक प्रमुख स्तम्भ हो । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगभग ५६ लाख मानिसलाई रोजगारी दिएको छ ।

यी र अन्य जापानी कम्पनीहरू पनि अन्य ठाउँमा उत्पादन स्थलहरूमा धेरै निर्भर छन् । यसमा भियतनाम जस्ता देशहरूमा पनि उच्च भन्सार शुल्क लगाइएको छ । एएफपी

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read