Wed. May 8th, 2024

बामदेबको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार अर्को सुनुवाइ हुने

काठमाडौं, २०७७ असोज १४ गते बुधबार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता बामदेब गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्ति विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालको संवैधानिक इजलासमा भएको सुनुवाइमा सो मुद्दा हेर्दा हेर्दैमा राखिएको छ र अर्को सुनुवाइ शुक्रबार हुने भएको छ ।

आजको सुनुवाइमा महान्यायाधिवक्ता र निवेदकका तर्फबाट वहस भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देबेन्द्र ढकालले बताउनुभयो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर ज.ब.रा, तथा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ तथा इश्वरप्रसाद खतिवडा रहनुभएको छ भनि गोरखापत्र अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments