Sat. Jul 27th, 2024

डोनाल्ड ट्रम्पको आयकर ७५० डलर मात्र

काठमाडौं, २०७७ असोज १३ गते मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा संघीय आयकरबापत जम्मा ७ सय ५० डलर मात्र तिरेको तथ्य सार्वजनिक भएको छ । ट्रम्प सोही वर्ष अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले ट्रम्पले विगत १५ वर्षमध्ये १० वर्ष कत्ति पनि आयकर नतिरेको आरोप पनि लगाएको छ । अखबारले आफूलाई प्राप्त ट्रम्प र उनको कम्पनीहरूको दुई दशक अवधिको करसम्बन्धी अभिलेखबाट उक्त तथ्य फेला परेको जनाएको हो ।

त्यस्ता कर अभिलेखले ‘निरन्तरको घाटा र वर्षौंको कर छली’ उजागर गरेको अखबारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समाचारलाई फेक न्युज (मिथ्या समाचार) भनेका छन् ।

‘वास्तवमा मैले कर तिरेको छु । मेरो कर भुक्तानीसम्बन्धी विवरण आउनेबित्तिकै तपाईंले त्यो देख्नुहुनेछ । यसबारे हाल लेखा परीक्षण भइरहेको छ । मेरो कर भुक्तानीसम्बन्धी विवरणहरू लामो समयदेखि लेखा परीक्षणमा छन्,’ आइतबार न्युयोर्क टाइम्समा समाचार प्रकाशित भएपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने भनि समाचार एजेन्सीलाई उद्धत गर्दै कान्तिपुर अनलाईनले समाचार छापेको छ ।

Facebook Comments