Sat. Jul 27th, 2024

जी-२० समूहको शिखर सम्मेलन भिडियोमार्फत आयोजना गरिने

काठमाडौं, २०७७ असोज १२ गते सोमबार

जी-२० समूहको वर्तमान अध्यक्ष मुलुक साउदी अरेबियाले २८ तारिख एउटा वक्तव्य जारी गर्दै यस वर्षको जी-२० समूहको शिखर सम्मेलन भिडियोको तरिकामार्फत आगामी नोभेम्बर २१ देखि २२ तारिखसम्म आयोजना गरिने घोषणा गरेको छ।

साउदी अरेबियाले आजै जारी गरेको वक्तव्य अनुसार, साउदी अरेबियाका राजा साल्मान बीन अब्दुलाजिज अल साउदले त्यस अनलाईनको शिखर सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सीआरआईका अनुसार त्यस शिखर सम्मेलनमा मुख्यत: जीवनरक्षा र स्वास्थ्य संरक्षण गर्ने र आर्थिक वृद्धि पुन:आरम्भ गर्ने आदि विषयहरूबारे वैचारिक आदान-प्रदान गरिनेछ।

त्यस अवसरमा जी-२० समूहका नेताहरूले मुख्यगरी नयाँ कोरोना महामारीबाट ल्याइने नकारात्मक असर र भविष्यका लागि के कस्तो तयारी गर्ने जस्ता विषयबारे छलफल गर्ने जानकारी पनि उक्त वक्तव्यमा उल्लेख गरिएको छ।

Facebook Comments