Sun. May 19th, 2024

सिन्च्याङलाई चीनको खुलापन तथा सुधारको नयाँ उचाइमा पुर्‍याइने

काठमाडौं, २०७७ असोज ११ गते आईतबार

‘रेशमी सडक आर्थिक पेटीको निर्माण पूरा गरेपछि चीनको सिन्च्याङ प्रान्त समृद्धिको केन्द्र बन्ने ठूलो सम्भावना छ। हिजोआज सिन्च्याङको सदरमुकाम उरूमुछी त्यस वरिपरि १५०० किलोमिटरभित्र रहेको सबैभन्दा ठूलो शहर हो। यो शहर विकासले त्यो क्षेत्रलाई व्यापक फाइदा हुनेछ।

सन् २०१४ को अप्रिलमा चीनका सर्वोच्च नेता सी चिनफिङले सिन्च्याङको निरीक्षण गर्दा यस्तो सम्बोधन गर्नुभएको थियो।

सीआरआईका अनुसार  ६ वर्षपछि यही वर्षको सेप्टेम्बर २५ देखि २६ तारिखसम्म पैचिङमा आयोजित सिन्च्याङ कार्य गोष्ठीमा सिन्च्याङको भावी विकास बाटोबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयोः सिन्च्याङको क्षेत्रीय श्रेष्ठताको आधारमा ‘रेशमी सडक आर्थिक पेटीको केन्द्रीय क्षेत्रको निर्माणको भरमा सिन्च्याङको आफ्नो क्षेत्रीय खुलापन रणनीतिलाई पश्चिमउन्मुख राष्ट्रिय खुलापन मूल स्थितिमा राखेर चीनको मुख्य भूमिमा खुलापनको नयाँ उचाइमा पुर्‍याइने छ।’

चीनको उत्तर-पश्चिमी भागमा अवस्थित सिन्च्याङ प्राचीन रेशमी सडकको मुख्य ठाँउमा पर्दछ। यसको सिमा रेखा ५६०० किलोमिटर लामो छ र रूस, कजाकिस्तान, पाकिस्तान, मंगोलिया, भारत लगायत ८ मुलुकसँग सिमा जोडिन्छ।

सन् २०१४ देखि, रेशमी सडक आर्थिक पेटीमा महत्वपूर्ण यातायात हब, व्यापार तथा मसलन्द केन्द्र, मौद्रिक सेवा केन्द्र, सांस्कृतिक बैज्ञानिक तथा प्राविधिक केन्द्र, चिकित्सा सेवा केन्द्रको रूपमा सिन्च्याङलाई बनाइरहेको छ। सन् २०१९ सम्म सिन्च्याङका ५ वटा छिमेकी मुलुकसँग खोलिएको अन्तर्राष्ट्रिय यातायत ढुवानी मार्ग १११ वटा पुगेको छ र संचालित अन्तर्राष्ट्रिय मालवाहक रेलको संख्या २५६४ भएको छ। पाकिस्तान, कजाकिस्तान आदि छिमेकी मुलुकसँग जोडिने अन्तर्देशिय अब्टिकलफाइबरको संख्या १७ भएको छ जसबाट छिमेकी मुलुकसँगको दूरसंचार आदानप्रदानलाई साकार तुल्याइएको छ। यसका साथसाथै मौद्रिक सेवा क्षेत्रमा पनि निरन्तर नविन कदम चालिरहेको छ। सन् २०१९ को मे महिनाको अन्तसम्म सिनच्याङले विश्वका ९६ वटा मुलुक तथा क्षेत्रसँग अन्तर्देशीय चिनियाँ मुद्रा कारोबार भइरहेको छ।

बिगत १० वर्षमा चीनको केन्द्रीय सरकारले ३ पटक सिन्च्याङ कार्य गोष्ठी आयोजना गरेको छ जसमा सिन्च्याङको विकास लक्ष्य तोकेर विस्तृत व्यावहारिक कदमहरूको तर्जुमा गरिएको छ। ती गोष्ठीहरूले सिन्च्याङको आर्थिक सामाजिक निर्माण तथा विकासमा ठूलो भूमिका निर्वाह गरिरहेका छन्।

चालु वर्षको गोष्ठीमा गरिबी निवारण तथा जनजीवनको सुधार नै मुख्य विषय-सूची थियो। गोष्ठीमा सी चिनफिङले फेरि औंल्याउनुभएको छः सिन्च्याङको दक्षिणी भागको आर्थिक तथा सामाजिक विकास एवं जनजीवनको सुधारलाई गतिशील पार्नुपर्छ।

थाहा भए अनुसार, सन् २०१४ देखि २०१९ सम्म केन्द्रीय सरकार तथा सिन्च्याङ स्थानीय सरकारको समर्थनमा सिन्च्याङको दक्षिणी भागमा रहेका ४ वटा क्षेत्र र खचौका ३ वटा जिल्ला र १ शहरमा १८ लाख ८९ हजार ५०० जना गरिब अवस्थाबाट मुक्त भइसकेका छन्।

Facebook Comments