खुला चीनले नेपाल लगायत विश्वभरका देशहरूलाई थप विकासका अवसरहरू उपलब्ध गराउने : सुमेघा

रमेश हतुवाली/काठमाण्डू, २०८१ फागुन २२ गते बिहीबार । चाइना ग्लोवल टेलिभिजन नेटवर्क (सीजीटिएन) नेपाली विभागका प्रमुख लिउ वेन Liu Wen (सुमेघा) ले खुला चीनले नेपाल लगायत विश्वभरका देशहरूलाई थप विकासका अवसरहरू उपलब्ध गराउने आशा व्यक्त गर्नुभएको छ ।
चिनियाँँ राष्ट्रिय जन कांग्रेस र चिनियाँ जनराजनैतिक परामर्श दात्री सम्मेलनको १४ औं राष्ट्रिय समितिको तेस्रो अधिवेशनका सन्दर्भमा काठमाण्डूस्थित रे टेलिभिजन एचडीको आयोजना र चाइना ग्लोवल टेलिभिजन नेटवर्क सीजीटिएन नेपाली विभागसँगको सहकार्यमा आयोजित चाईनाज इकोनमिक अपरचुनिटिज शेयरिङ द वल्र्ड विषयक अन्तरक्रियामा भिडियो सन्देश दिनुहुँदै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
भिडियो सन्देशको पूर्णपाठः
आदरणीय पाहुना तथा प्रत्यक्ष प्रशारण हेर्दै हुनुहुने नेपाली मित्रहरु, सबैलाई नमस्कार।
म तपाईसँग चीनमा जारी दुई अधिवेशनका विषयमा छलफल गर्ने मौका पाउँदा धेरै खुसी छु। सन् २०२५ का दुई अधिवेशन अन्तर्गत चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) मार्च 3 तारिख र चीनको सर्वोच्च व्यवस्थापिका राष्ट्रिय जनकांग्रेस (एनपीसी)को वार्षिक बैठक मार्च ४ तारिखदेखि सुरू भएका छन्।
गएको जनवरीको अन्त्यदेखि, चिनियाँ जनतामाझ सबैभन्दा बढी चर्चामा रहेका विषयहरू स्वदेशी एआई प्रविधि ‘डिपसिक’ र बक्स-अफिसमा चर्चामा रहेको एनिमेटेड न चा- २ चलचित्र हुन्। चिनियाँ एआईको उदयले विश्वव्यापी प्रतिस्पर्धीहरूलाई उछिन्दै चीनको प्राविधिक रफ्तार र सम्भावनाको नमूना बनेको छ। चलचित्र न चा-२ विश्वव्यापी बक्स अफिसमा शीर्ष १० चलचित्रहरूमध्ये एक बनेको छ। म आशा गर्छु कि यो कार्यक्रममार्फत् चिनियाँ अर्थतन्त्रका बारेमा आ-आफ्ना विचार प्रस्तुत हुनेछन्।
यसैबीच बुधबार राष्ट्रिय जनकाङ्ग्रेसको अधिवेशनमा प्रधानमन्त्री ली छ्याङले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनलमा चीनको अर्थतन्त्र मात्रै नभएर नेपाल सहित नजीकका छिमेकी मुलुक र विश्व लाभान्वित हुने योजनाहरू समेटिएको देखिन्छ।
सरकारी कार्य प्रतिवेदन अनुसार चीनले चिनियाँ कम्युनिष्ट पार्टी २०औं केन्द्रीय समितिको दोस्रो र तेस्रो पूर्ण सत्रको सुधार व्यवस्थाहरू ठोस र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै राम्रो सफलता हासिल गरेको छ। संस्थागत सुधार पूर्ण रूपमा सम्पन्न हुनुका साथै उत्पादन क्षेत्रमा विदेशी लगानी पहुँचमा रहेका सबै प्रतिबन्धहरू हटाइएको छ भने बेल्ट एण्ड रोडको संयुक्त निर्माणमा व्यापार र लगानी सहयोग निरन्तर विस्तार र स्तरोन्नति गरिएको छ।
सरकारी कार्य प्रतिवेदनअनुसार, स्थानीय अवस्थालाई मध्यनजर गरी नयाँ गुणस्तरीय उत्पादकत्व विकास गरिने छ भने उद्योगहरूमा लगानी बढाउने संयन्त्र स्थापना गरिनेछ।
सरकारी कार्य प्रतिवेदनअनुसार, स्थानीय अवस्थालाई मध्यनजर गरी नयाँ गुणस्तरीय उत्पादकत्व विकास गरिने भने उद्योगहरूमा लगानी बढाउने संयन्त्र स्थापना गरिनेछ । यस्तै, जैविक उत्पादन, क्वान्टम प्रविधि, मूर्त बुद्धमता, ६-जी जस्ता भविष्यका उद्योगहरूको विकास गरिनेछ ।
कार्य प्रतिवेदनमा बाह्य दवावको सामनाका साथै आन्तरिक कठिनाई पार गर्दै चीनले सक्दो मेहनत गरी आर्थिक सञ्चालनको क्षेत्रमा स्थिर प्रगति हासिल गरेको उल्लेख छ। प्रधानमन्त्री लीले गत वर्ष चीनको आर्थिक सामाजिक विकासको मुख्य लक्ष्य पूरा भएर चीनको आर्थिक शक्ति, प्राविधिक शक्ति र सर्वतोमुखी शक्ति निरन्तर वृद्धि भएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री लीको जानकारी अनुसार,हालै चीनको आर्थिक परिमाण स्थिर रुपमा विस्तृत पार्दै आन्तरिक उत्पादन मात्रा १३४९ खर्ब चिनियाँ युआन पुगेर आर्थिक वृद्धि दर ५ प्रतिशत रहेको छ।
चीन र नेपाल हिमाल र नदीले जोडिएका पुस्तौं पुराना छिमेकी मित्र देश हुन्। बितेका केही वर्षदेखि दुबै देशका राष्ट्रनायकको नेतृत्वमा चीन-नेपाल परम्परागत मित्रता र मैत्रीपूर्ण सहयोगको विकास भइरहेको छ। खुला चीनले नेपाल लगायत विश्वभरका देशहरूलाई थप विकासका अवसरहरू उपलब्ध गराउने आशा छ। नेपाल पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को परिकल्पनाका साथ विकासको मार्गमा अघि बढेको छ। यस्तो बेलामा छिमेकीसँगको साथ र सहकार्यले पक्कै फाइदा पुर्याउने मेरो विश्वास छ।
सन् २०२५ का दुई अधिवेशन नवप्रवर्तन, विश्व आर्थिक विकास र प्रेरक शक्ति बन्नसक्ने मेरो अपेक्षा छ।
अन्तमा, म यो कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना दिन चाहन्छु।