Sat. Mar 29th, 2025 05:03:57

एपिएफ महिला गोल्डकपको फाइनलमा   

नेपाल पुलिससँगको कठिन जित निकाल्दै एपीएफ इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको फाइनलमा । बिहीबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई एकका विरुद्ध शुन्य गोल अन्तरले पराजित गरी एपिएफ फाइनल पुगेको हो । खेलको ३६ औँ मिनेटमा अनिता केसीको क्रस पासलाई रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गर्दै एपीएफले अग्रता बनाएको हो । सोही गोल निर्णयक बन्न पुग्यो । तस्बिरःटीका खतिवडा/रासस

मङ्गलबारे (इलाम), २०८१ फागुन २२ गते बिहीबार । नेपाल पुलिसविरुद्ध कठिन जित निकाल्दै एपीएफ इलाममा जारी दोस्रो अन्तरराष्ट्रिय आमन्त्रित महिला गोल्ड कपको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फाइनल पुगेको हो । खेलको ३६ औँ मिनेटमा अनिता केसीको पासलाई रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् ।

प्लेयर अफ द म्याच एपीएफकी अनिता बस्नेत घोषित भइन् । उनले नगद रु पाँच हजार र ट्रफी प्राप्त गरिन् । यही फागुन २४ गते हुने फाइनलमा आर्मी र एपीएफबीच हुनेछ ।

Facebook Comments