Thu. Apr 30th, 2026

सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू

       

लण्डन, २०८१ फागुन १९ गते सोमबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताउुभएको छ ।

अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रूसको तीन वर्षको युक्रेन आक्रमणबिरूद्ध महत्त्वपूर्ण क्षणमा भएको सप्ताहन्तको आकस्मिक वार्ताले १८ वटा मित्रराष्ट्रलाई एकै ठाउँमा भेला गराएको छ ।

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारका अगाडि जेलेन्स्कीलाई दिएको दवावले ट्रम्पले किएभलाई शान्ति सम्झौतामा बाध्य पार्न चाहेको आशङ्का बढेपछि युरोपेली नेताहरूले किएभको समर्थनमा मोर्चाबन्दी गरेका छन् ।

आइतबार सुरुभएको शिखर सम्मेलनले शान्तिको दिशामा काम गर्ने उनीहरूको प्रतिबद्धतालाई बलियो बनाएको जेलेन्स्कीले बताउनुभयो ।

“हामीलाई अन्त्यहीन युद्ध होइन, शान्ति चाहिएको छ,” उहाँले युक्रेनीहरूले अत्यधिक मात्रामा प्रयोग गर्ने सामाजिक सञ्जाल टेलिग्राममा लेख्नुभएको छ ।

“निकट भविष्यमा, युद्धविरामका लागि जुन रेखाहरू हामीले प्राप्त गर्नुपर्दछ र जुन लाइनहरूमा हामी सम्झौता गर्न सक्दैनौँ त्यसका लागि हामी युरोपेली नेताहरूले छलफल गरी वार्ताका लागि न्यूनतम शर्त निर्धारण गर्नेछौँ र हाम्रो साझा स्थितिलाई आकार दिनेछौँ ।”

उहाँले भन्नुभयो, “यी पदहरू संयुक्त राज्य अमेरिकामा हाम्रा साझेदारहरूलाई प्रस्तुत गरिनेछ।”

शान्ति वार्ताका न्यूनतम शर्त तोक्ने सम्बन्धमा सोधिएको प्रश्नमा बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायत, फ्रान्स र अन्य मुलुकले युक्रेनसँग युद्ध रोक्ने योजनामा काम गर्ने बताउनुभयो ।

शिखर सम्मेलनबाट फर्केका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ले फिगारो पत्रिकालाई बताएअनुसार फ्रान्स र बेलायतले ‘आकाश, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिनाका लागि आंशिक युद्धविरामको प्रस्ताव गर्न चाहेका छन् ।

स्टारमर र म्याक्रोँले युक्रेनमा कुनै पनि युद्धविराम कायम राख्न बेलायती र फ्रान्सेली सेना तैनाथ गर्न तयार रहेको बताएका छन् ।

“अमेरिकी संलग्नताको कुनै ग्यारेन्टी बिना, ‘युरोपले भारलाई थेग्नैपर्छ’,” स्टार्मरले भन्नुभयो । एएफपी

Facebook Comments