Fri. Apr 26th, 2024

एनएफपीजेले निस्शुल्क फोटोग्राफी तालिम गर्दै

काठमाडौं, २०७७ असोज २ गते शुक्रबार

राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे)  नेपालले २४ औं स्थापना दिवसको अवसरमा फोटोग्राफी सम्बन्धी नि:शुल्क तालिम संचालन गर्ने भएको छ । विगतका वर्षहरुमा विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउँदै आएको एनएफपीजेले यस वर्ष कोरोना भाईरसको महामारीका कारण असोज २, ३ र ४ गते साझ ८ देखि १० बजे सम्म अनलाईनको माध्यामबाट निस्शुल्क तालिम संचालन गरि दिवस मनाउन लागेकोको महासचिव प्रदिपराज वन्तले  बताउनु भयो ।

जुम प्रविधि मार्फत संचालन गरिने निस्शुल्क फोटोग्राफी तालिम लिन इच्छुक देश तथा विदेशमा रहेका फोटो पत्रकारहरुले सहभागिता जनाउन सक्ने महासचिव वन्तले आव्हान गर्नुभएको छ ।

तालिममा एनएफपीजेका अध्यक्ष एवम् नेपालका बरिष्ठ फोटो पत्रकार राजेन्द्र चित्रकार, महासचिव एवम् राससका फोटो पत्रकार प्रदिपराज वन्त र फोटोग्रफीका दक्ष प्रशिक्षक एव् प्रधानमन्त्री सचिवालयका फोटो पत्रकार राजन काफ्लेले सहजिकरण गर्नेुहुने बताईएको छ

Facebook Comments