Sun. May 5th, 2024

हतुवागढी गाउँपालिकाका उपाध्यक्ष चन्द्रमा राईको निधन

भोजपुर, २०७७ असोज ३ गते शनिबार

हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । हतुवागढी -४ फलामढुङगाकी ४७ वर्षीया राईको शुक्रबार राति ३ बजे निधन भएको हो । भदौ २९ गतेदेखि सामान्य ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारका लागि भर्ना हुनुभएकी उहाँमा जन्डिस र रक्तचापको समस्या देखिएको थियो ।

स्वास्थ्य केन्द्रको सिफारिसमा असोज १ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि भर्ना गरिएको थियो । उपाध्यक्ष राईको उपचारका क्रममा शुक्रबार राति ३ बजे चिकित्सकले मृत घोषणा गरेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम थुलुङ राइले बताउनु भयो ।

उपाध्यक्ष राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला सचिवालय सदस्य तथा पार्टीकी सक्रिय नेतृ हुनुहुन्थ्यो । उहाँको निधनप्रति नेपाली कांग्रेस भाजपुरका सभापति नन्दमणी राई लगायतका महानुभावहरुले दु:ख व्यक्त गर्नुभएको छ ।

Facebook Comments