Sun. May 19th, 2024

नरेन्द्र मोदी भन्नुहुन्छ-“नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन चाहेका छौं”

काठमाडौं, २०७७ असोज १ गते बिहीबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई ऐतिहासिक र सांस्कृतिक आधारमा थप सुदृढ बनाउन चाहेको बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान दिएको जन्मदिनको शुभकामनाको जवाफमा मोदीले ट्विटमा त्यस्तो लेख्नु भएको हो ।

‘हामी ऐतिहासिक र संस्कृतिक आधारमा भारत-नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन चाहन्छौं,’ मोदीले ट्विटमा भन्नु भएको छ । प्रधामन्त्री ओलीले बिहिबार बिहान मोदीलाई जन्मदिनको शुभकामना दिनु भएको छ । नरेन्द्र मोदी ७० वर्षमा प्रवेश गर्नु भएको छ ।

नेपाल र भारतबीच विगत केही महिनादेखि सीमा विवादका कारण सम्बन्ध सहज छैन । नेपालले लिम्पियाधुरा सहितको क्षेत्र समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेर संविधान समेत संशोधन गरेयता दुई देशबीच लामो समयसम्म संवादहीनता कायम थियो ।

कान्तिपुर अनलाईनका अनुसार लामो समयको संवादहीनतालाई गत १५ अगष्टमा भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नै मोदीलाई फोनमा शुभकामना दिएर तोड्नु भएको थियो । त्यसपछि भने दुई देशको सम्बन्ध केही सहज बन्दै गएको संकेत देखिँदै आएको छ ।

Facebook Comments