Tue. May 19th, 2026

अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि   

       

धरान (सुनसरी), २०८१ माघ २६ गते शनिबार । यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप हुने भएको छ ।

आज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ३ देखि १० गतेसम्म हुने आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो ।

इटहरीस्थित रङ्गशालामा हुने प्रतियोगितामा आठ वटा क्लब सहभागी हुनेछन् । जसमा राष्ट्रिय जागृति क्लब, युनाइटेड खर्साङ फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, न्युरोड क्लब काठमाण्डू, मच्छिन्द्र फुटबल क्लब काठमाण्डू, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने अध्यक्ष डुम्जनले बताउनुभयो ।  रासस

Facebook Comments